काठमाडौं । नेपालमा आज थप ९०२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ४७ हजार २३६ पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । पछिल्लो २४ घण्टामा २२८७ जना डिस्चार्ज भएका छन् ।
नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।


217 पटक हेरिएको 






