काठमाडौं । नेपालमा आज थप ९७९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा थप ९७९ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ४७ हजार २३६ पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ३० हजार ६७७ पुगेको छ । पछिल्लो २४ घन्टामा १७३६ जना डिस्चार्ज भएका छन् ।