काठमाडौं । नेपालमा आज थप ९८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ४६ हजार २५७ पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या २८ हजार ९४१ पुगेको छ । पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएका छन् ।
नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।