मोरङ। कोरोना भाइरसको संक्रमणबाट मोरङमा एकैदिन चारजनाको मृत्यु भएको भएको छ । पछिल्लो २४ घण्टामा विराटनगरका दुुई महिला र धनपालथान र बुढीगँगा गाउँपालिकामा एक-एक जना पुुरुषको मृत्यु भएको हो ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएकी विराटनगर(४ की ६४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरीनै विराटनगर-११ की ४३ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ ।
मोरङको धनपालथान गाउँपालिका-३ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ । शुक्रबार बेलुका केन्द्रमा भर्ना गरिएको उनको शनिबार दिउँसो करिब १ बजे मृत्यु भएको हो ।
यसरीनै बुढीगंगा गाउँपालिका ५ का ४५ वर्षीय पुुरुषको विराट मेडिकल कलेजमा मृत्यु भएको छ । याेसँगै प्रदेश १ मा मृतकको संख्या २७ पुगेको छ ।


468 पटक हेरिएको 






