काठमाडौँ । नेपालमा आज थप ११ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ११ सय २० जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ४१ हजार ६४९ पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या २३ हजार २९० पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ११२ जना डिस्चार्ज भएका छन् ।
नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या भने २५१ पुगेको छ ।