काठमाडौँ । नेपालमा आज थप १०६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १०६९ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ४० हजार ५२९ पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या २२ हजार १७८ पुगेको छ । पछिल्लो २४ घन्टामा ७६८ जना डिस्चार्ज भएका छन् ।