आठ सय ८४ सङ्क्रमित थपिए, काठमाण्डौ उपत्यकामा थप एक सय ८६ जनामा पुष्टि

कुल सङ्क्रमितको संख्या ३७ हजार दुई सय ८०

  सरलपाटी सम्वाददाता

 232 पटक हेरिएको

काठमाण्डौ । गएको २४ घण्टामा नेपालमा आठ सय ८४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ सय ८४ जना थपिएसँगै कुल सङ्क्रमितको संख्या ३७ हजार दुई सय ८० पुगेको छ ।

यस्तै काठमाण्डौ उपत्यकामा शनिबार एक सय ८६ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाण्डौमा १ सय ५५, भक्तपुरमा १२ र ललितपुरमा १९ जनामा सङक्रमण दखिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय १३ जना सङ्क्रमणबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ५ सय १६ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको छ । अहिलेसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने दुई सय सात पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार