कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

मृतकको संख्या १९५ पुग्यो

  सरलपाटी सम्वाददाता

 228 पटक हेरिएको

काठमाडौँ । नेपालमा शुक्रबार थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरंगका ५६ र ६५ वर्षीय दुई महिला, भक्तपुरकी ६४ वर्षीय एक महिला, मकवानपुरकी ७१ वर्षीय एक महिला, उदयपुरका ५२ वर्षीय एक पुरुष, पर्साका ७२ वर्षीय एक पुरुष,

यस्तै धनुषाका ४५ वर्षीय एक पुरुष, सिरहाका ५५ वर्षीय एक पुरुष, झापाका ८३ वर्षीय एक पुरुष, चितवनका ५१ वर्षीय एक पुरुष, कास्कीका ५२ वर्षीय एक पुरुष र रुपन्देहीका ६० वर्षीय एक पुरुषको निधन भएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार