नेपालमा थप ९२७ जनामा कोरोना सक्रमण पुष्टि

संक्रमितको संख्या ३६ हजार ४५६ पुग्यो

  सरलपाटी सम्वाददाता

 265 पटक हेरिएको

काठमाण्डौँ । नेपालमा आज थप ९२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ९२७ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ३६ हजार ४५६ पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या २० हजार २४२ पुगेको छ । पछिल्लो २४ घन्टामा १६९ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार