काठमाडौँ । नेपालमा आज थप ८१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८१८ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ३१ हजार ९३५ पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । पछिल्लो २४ घन्टामा २८१ जना डिस्चार्ज भएका छन् ।
कोरोनाले ज्यान गुमाउनेको संख्या भने हालसम्म १४९ पुगेको छ ।