काठमाण्डौ । कोरोनाका कारण नेपालमा गएको २४ घण्टामा ९ जनाको ज्यान गएको छ ।
सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको ज्यान गएको छ । यस्तै, पर्सामा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ६१ वर्ष, ५८ र ४८ वर्षका पुरुष रहेका छन् ।
त्यसैगरी, बारामा ५८ वर्षका पुरुष, सिरहामा ६८ वर्षका परुष, मकवानपुरमा ५६ वर्षका पुरुष र भक्तपुर ७३ वर्षका पुरुषको ज्यान गएको छ ।
योसँगै नेपालमा अहिलेसम्म १४६ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।