अलविदा राष्ट्रकवि माधवप्रसाद घिमिरे !

रहेनन् राष्ट्रकवि

  सरलपाटी सम्वाददाता

 1173 पटक हेरिएको

काठमाण्डौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । घिमिरेको मङ्गलबार साँझ घरमै निधन भएको बुहारी विजेता घिमिरेले जानकारी दिइन् ।

घिमिरे १९७६ साल असोज ७ गते लमजुङ (पहिलेको बाहुनडाँडा गाविस) को भीरपुस्तुन भन्ने ठाउँमा जन्मिएका हुन् । उनले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाए ।

घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउएका थिए । तीमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काव्य सबैभन्दा चर्चित छ ।

उनका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार