२४ घण्टामा १ हजार १६ जनामा कोरोना सङ्क्रमण

७ जनाको ज्यान गयो

  सरलपाटी सम्वाददाता

 328 पटक हेरिएको

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २८ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१३ हजार चार सय ६१ जनाको पीसीआर परीक्षण गरेकोमा एक हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

साथै पछिल्लो २४ घण्टामा ८५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार पाँच सय ८० पुगेको छ ।

अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा १० हजार पाँच सय ६३ जना छन् । यस्तै जना क्वरेण्टीनमा १३ हजार नौ सय २६ रहेका छन् ।

यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट सात जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय १४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार