राष्ट्रिय झन्डा जलाएको आरोपमा एक पक्राउ

पक्राउ

  सरलपाटी सम्वाददाता

 443 पटक हेरिएको

काठमाडौं । ‘देशद्रोही’ शीर्षकमा सार्वजनिक एक गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । उनलाई महानगरिय अपराध महाशाखा, काठमाण्डौको टोलीले पक्राउ गरेको हो । अपराध महाशाखाका एसएसपी दिपक थापाले भने घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो ।

युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन् ।

गीतको लिरिक्स र्यापर मंगोल ग्याल्ज् ली एन्ड एटीएमले लेखेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार