काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २७ हजार दुई सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार पाँच सय २० जनाको पीसीआर परीक्षण भएको छ । साथै पछिल्लो २४ घण्टामा एक सय ६० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार चार सय ९७ पुगेको छ ।
अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा नौ हजार ६ सय ३९ जना छन् । यस्तै १५ हजार एक सय ८८ जना क्वरेण्टीनमा रहेका छन् ।