नेपालमा मृतकको संख्या १०७ पुग्यो

आजै मात्र ३ जनाको मृत्यु

  सरलपाटी सम्वाददाता

 562 पटक हेरिएको

काठमाडौँ । नेपालमा सोमबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहट, मोरंग र काठमाडौँ का एक्एक जनाको निधन भएको छ ।

रौतहट जिल्लाका ३२ वर्षीय एक पुरुष, मोरंगका ६० वर्षीय एक पुरुष र काठमाडौको ५८ वर्षीय एक महिलाको निधन भएको हो ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार