घट्यो सुनचाँदीको भाऊ

मूल्यमा घटबड

  सरलपाटी सम्वाददाता

 244 पटक हेरिएको

इलाम । सुनचाँदीको भाउ आज घटेको छ । तोलामा २ सय रुपैयाँ घटेर सुन आज तोलामा ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साउन महिना भरि नै दैनिकजस्तै रेकर्ड बनाएको सुनको भाउ महिनाको अन्तिम दिन हिजो भने तोलामा ९८ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार