काठमाडौँ । नेपालमा आज थप ४८४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४८४ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २४ हजार ४३२ पुगेको छ ।
त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९१ पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ । पछिल्लो २४ घन्टामा ६४ जना डिस्चार्ज भएका छन् ।