कान्तिपुर पब्लिकेसनका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा फेलापरेको छ । तीन दिनदेखि बेपत्ता बानियाँको शव मकवानपुरको भीमफेदी गाउँपालिका ८ दोभानमा फेलापरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाले बताए ।
बुधबार बिहान उनी बेपत्ता भएको भन्दै महानगरीय प्रहरी परिसरमा उजुरी परेको थियो । मकवानपुरको मान्दु हाइड्रोपावर तल सिस्नेरीमा भेटिएको शव बानियाँकै भएको सनाखत भइसकेको छ ।
तनहुँ स्थायी घर भएका पत्रकार बानियाँका श्रीमती एक छोरा र एक छोरी छन् । लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत बानियाँले नागरिक दैनिकमा पनि काम गरेका थिए ।