करेन्ट लागेर साकफाराका राेशनकाे ज्यान गयाे

इलामको साकफारा घर भइ झापाको दमक नगरपालिका-१ मा डेरा गरी बस्ने २८ बर्षीय रोशन तामाङको करेन्ट लागेर मृत्यु भएको छ । सोमवार राती ९ बजेको समयमा घर नजिकै रहेको खेतमा करेन्ट लगाई माछा मार्ने क्रममा  करेन्ट लागेर घाइते भएका तामाङलाई मृत्यु भएकाे हाे । घाइते भएका तामाङलार्इ उपचारका लागि एडभान्स अस्पताल दमक लगिएकोमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको  तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार