तीन बर्षीय बालकलाई क्यान्सर

ज्यान बचाइदिन आग्रह

इलाम नगरपालिका–७ का मिर्गौला क्यान्सरबाट पीडित तीन वर्षीय बालक प्रभास श्रेष्ठको उपचारार्थ चरम आर्थिक अभाव भएको छ । बालकका अभिभावकले उपचारका लागि खर्च जुटाइदिन आग्रह गरेका छन् । छ महिनादेखि काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ ती बालकको थप उपचारका लागि लाखौँ आवश्यकता पर्ने जनाइएको छ ।

‘चिकित्सकले बालकको उपचार गर्न रु १२ देखि १३ लाख लाग्छ भन्नुभएको छ । यति रकम त मेरो सबै सम्पत्ति बेच्दा पनि आउँदैन’, बालकका बुवा गोपाल श्रेष्ठले भन्नुभयो,‘त्यसैले सबैसमक्ष आग्रह गरेको हुँ ।’

आवश्यक रकम जुटाउन नसकेपछि बालकको हालसम्म थप उपचार नभएको जनाइएको छ ।बालकलाई सहयोगका लागि एनआइसी एसियाको खाता नं. २७८५७५०८८६०९७००१ मा रकम पठाइदिनु आग्रह गरिएको छ । यस्तै सहयोगका लागि बालकका बुवाको फोन नं. ९८२५८७९३४० मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार