कविता

अनन्त यात्रा

  खेम राज रौतेडा

 793 पटक हेरिएको

 

ऊ चढ्दै गर्दा ,आकाश देवी भेट्न
कति चिप्लियो, कति लड्यो,
उसलाई पछ्याइरहे, हिमपहिराहरू
र देखाइरहे आणविक बमहरू ?
उसको हिड्ने बाटै भरी,
र पनि ऊ हारेन,
चढीरह्यो,मनमा देश
मुटुमा साहस र मस्तिष्कमा गन्तव्य बोकेर ।।

उसका हिउँ वन्चरा
जो भुत्ते भइसके
अक्सिजन सिलिन्डर, जो रित्तो भइसके
पथप्रदर्शक,जो सदाबहार निन्द्रामा छन
र पनि आत्तियन उ चढी रह्यो ।।।
गन्तव्यका लागि
हीडीरह्यो !!! उसको अनन्त यात्रामा
जसरी हिडीरहन्छन नदी, सागर भेट्न।

युद्ध हारेको सिपाही झै
ऊ प्रतिक्षा गरिरहेछ
युद्ध आरम्भको अर्को क्षण,
र गरीरहेछ प्रण
बदलाको, की युद्धविराम अगाडि उसको विजय घोषणा गरीयोस !
पर्खिरहेछ ऊ चुनौती विरुद्धको नया युद्धलाई ।

ऊ यसरी नै लडीरह्यो,
आफ्नै जीन्दगी संग, एक फरक युद्ध
उसको अनन्त यात्रामा
एक पृथक लक्ष्य संगालेरस
पुस्तकको एक नवयुगिन अध्यायमा
उसको नाम कोर्न
स्वर्णीम अक्षरका साथ ।।।।।।।

 

आदर्श गा पा ३ डोटी

हाल किर्तिपुर काठमाडौ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार