सुन चादीँको भाऊ फेरी पनि बढ्यो

तेलाको ९८ हजार ५ सय

  सरलपाटी सम्वाददाता

 368 पटक हेरिएको

इलाम । तोलामा तीन सय रुपैयाँले बढेर बुधबार फेरि सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । बुधबार छापावाला सुन रुपैयाँमा किनबेच भएको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो ।

मंगलबार छापावाला सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ५२ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव नेपाली बजारमा परेको हो । बुधबार तेजावी सुन प्रतितोला ९८ हजार ६५ रुपैयाँमा किनबेच भएको छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी छाएपछि सुनको मूल्यले दैनिकरुपमा रेकर्ड बनाइरहेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार