काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आइतबार थपिएकासँगै अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १८ हजार ६ सय ८३ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा ७५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १३ हजार एक सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा अब पाँच हजार चार सय ४० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन्, उनीहरुको देशभरका विभिन्न अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । त्यस्तै १७ हजार नौ सय तीन जना क्वरेण्टीनमा रहेका छन् ।
नेपालमा अहिलेसम्म तीन लाख ४२ हजार चार सय ५७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।