नेपालमा जम्मा संक्रमितको संख्या १८ हजार ९४ पुग्यो

थप १०० जनामा कोरोनाको संक्रमण पुष्टि

  सरलपाटी सम्वाददाता

 241 पटक हेरिएको

काठमाडौँ । नेपालमा आज थप १०० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १०० जनामा कोरोनाको संक्रमण देखिएको बताए । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १८ हजार ९४ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४२ रहेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १२ हजार ६८४ पुगेको छ । पछिल्लो २४ घन्टामा २०७ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार