यी हुन् कोरोनामुक्त सात जिल्ला

संख्या बढ्दै

  सरलपाटी सम्वाददाता

 242 पटक हेरिएको

काठमाण्डौ । नेपालमा सात वटा जिल्ला कोरोनामुक्त भएका छन् । भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङमा सक्रिय सङ्क्रमित नरहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार यी सात जिल्लामा एक पटक सङ्क्रमित भेटिए पनि अहिले सबै जना निको भएर घर फर्किएका छन् । यस्तै रौतहट, कैलाली र बाजुरामा पा्ँच सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् ।

सोमबार नेपालमा एक सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयकाअनुसार नेपालमा अब सङ्क्रमितको सङ्ख्या १७ हजार आठ सय ४४ पुगेको छ ।

सोमबार कोरोनामुक्त भएर एक सय ७३ जना घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या ११ हजार आठ सय ६८ पुगेको छ ।

अहिले देशभरका विभिन्न अस्पतालका आइसोलेशनमा पाँच हजार नौ सय ३६ सङ्क्रमितको उपचार भइरहेको छ । त्यस्तै देशभरका क्वरेण्टीनमा रहनेको सङ्ख्या २२ हजार दुई सय २८ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार