नेपालमा संक्रमितको संख्या १७ हजार ५०२

थप ५७ नयाँ संक्रमित

  सरलपाटी सम्वाददाता

 354 पटक हेरिएको

काठमाडौँ । नेपालमा आज थप ५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ५७ जनामा कोरोनाको संक्रमण देखिएको बताए ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १७ हजार ५०२ पुगेको छ । त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४० रहेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या एघार हजार ६३६पुगेको छ । पछिल्लो २४ घन्टामा १०३ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार