इलाममा संक्रमितको संख्या २३ पुग्यो

१० जना उपचारपछि डिस्चार्ज

  सरलपाटी सम्वाददाता

 393 पटक हेरिएको

इलाम । केही दिन अघि कतारबाट नेपाल आएका एक युवामा कोरोना भाइरस (कोभिड – १९) संक्रमण पुष्टि भएको छ । इलामको देउमाई नगरपालिकाका स्थायी बासिन्दा ३४ बर्षका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय इलामले जानकारी दिएको छ ।

एक पुरुष थपिएसँगै इलाममा संक्रमितको संख्या २३ जना पुगेको छ । उनी गएको असार २६ गते देउमाई नगरपालिका आएका थिए । उनको असार ३० गते स्वाव संकलन गरेर ३१ गते परीक्षणका लागि पठाइएको थियो ।

जम्मा २१ जनाको स्वाव पठाएकोमा एक जनामा पोजेटिभ र अन्य सबैको नतिजा नेगेटिभ आएको छ । संक्रमितलाई मोरङस्थित गोठगाउँ कोरोना अस्पताल लगिसकिएको जनाइएको छ ।

संक्रमितमध्ये १० जना निको भएर घर फर्किसकेका छन् । अन्य उपचाररत संक्रमितको पनि स्वास्थ्य अवस्था सामान्य रहेको इलाम कोभिड – १९ फोकल पर्सन विमल बरालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार