इलाम । पार्किङ गरी राखेको मोटरसाइकल तथा सीसीटीभी तोडफोड गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका ७ मालापथका १९ वर्षीय पारुहाङ देवान र सोही ठाउँका १९ वर्षीय आकाश परियार रहेका छन् ।
उनीहरुलाई सीसीटीभीले कैद गरेको फुटेजको आधारमा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
उनीहरुले अस्ती सोमबार राती ११ ः४५ बजे इलाम नगरपालिका ७ स्थित चोकबजार तथा विभिन्न ठाँउमा पार्किङ गरी राखेको मोटरसाइकलहरुलाई तोडफोड गरी मालापथस्थित सीसीटीभी भएको विजुलीको पोलमा चढेर सीसीटीभी फुटाउन खोजेको आरोप लागेको छ । पक्राउ परेका दुवैमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।