काठमाण्डौ । शनिबार थप ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । शनिबार थपिएका सहित सङ्क्रमितको कुल सङ्ख्या १६ हजार सात सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
विभिन्न अस्पतालका आइसोलेशनमा आठ हजार दुई सय ३९ जना सङ्क्रमितको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । शनिबार मात्र चार सय ३१ जना डिस्चार्भ भएसँगै सङ्क्रमणमुक्त भएर घर फर्किनेको सङ्ख्या आठ हजार चार सय ४२ पुगेको छ ।
पछिल्ला आठ दिनमा सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । १९ गते सात सय २० जनामा कोरोना देखिएको थियो ।