मनाङमा सङ्क्रमितको सङ्ख्या शून्यमा झर्‍यो

नेपालका ६ जिल्ला कोरोनामुक्त

  सरलपाटी सम्वाददाता

 267 पटक हेरिएको

काठमाण्डौ । सरकारले ६ वटा जिल्लामा कोरोना सङ्क्रमित नरहेको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ, हुम्ला र मनाङमा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् ।

यी जिल्लामा यसअघि सङ्क्रमित भेटिए पनि सङ्क्रमण पुष्टि भएका सबै निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।६ जिल्ला कोरोनामुक्त भएसँगै ७१ जिल्लामा कोरोना सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार पीसीआर विधिबाट चार हजार आठ सय ६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म दुई लाख ७५ हजार नौ सय ५१ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । देशभरिका क्वरेण्टीनमा २३ हजार नौ सय १० जना रहेका छन् ।

विभिन्न अस्पतालका आइसोलेशनमा आठ हजार ६ सय तीन जना कोरोना सङ्क्रमित उपचाररत रहेका छन् । शुक्रबार एक सय २० जना गरी आजसम्म आठ हजार ११ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार