लकडाउनमा थन्क्याइएका गाडी चलाउनुअघि यी कुरामा ध्यान दिऔँ

१० सुझाव

  सरलपाटी सम्वाददाता

 574 पटक हेरिएको

काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको कारण अहिले विश्व नै आक्रान्त भइरहेको छ । नेपालमा पनि सङ्क्रमणको अवस्थालाई ध्यानमा राखी लकडाउन गरियो र लकडाउनको ​मोडालिटीमा केही परिर्वतन भएपछि निजी गाडीहरु चल्न थालेका छन् ।

सार्वजनिक गाडी पनि अब चलाउने तयारी भइरहेको छ । यसरी लामो समयसम्म पार्किङमा थन्क्याइएका गाडी चलाइहाल्ने अवस्थाका हुँदैनन् । लामो समयसम्म पार्किङ गरेर राखेको गाडी चलाउनु भन्दा अगाडि राम्रोसँग जाँच गर्नुपर्छ ।

लकडाउनपछि गाडी चलाउनुअघि ​सिप्रदी ट्रेडिङ प्रालीले दिएका १० सुझाव

१. कोरोना भाइरस फैलिन नदिन गाडीलाई स्यानिटाइज गर्ने ।
यात्रुसँग सम्पर्कमा आएका गाडीका सबै​भागहरु जस्तै ह्यान्डल, पिलर, सिट, आर्म रेस्ट, हात राख्ने ठाउँ, सिसा आदिलाई राम्रोसँग स्यानिटाइज गर्नुपर्छ ।
गाडी सफा गर्न जानेले एप्रोन, मास्क, पन्जा, सेफ्टी सुज, चस्मा प्रयोग गर्नुपर्छ ।
स्प्रे उपकरणको प्रयोग गरी इन्फेक्सन हुन सक्ने क्षेत्रहरुमा सिधै स्प्रे गर्नुपर्छ ।
आवश्यक परेमा सफा तथा सुख्खा कपडाको प्रयोग गरी त्यसलाई पुछ्नुपर्छ।
सफाइमा प्रयोग भएका कपडाहरुलाई सुरक्षित ठाँउमा नष्ट गर्नुपर्छ ।
२. बाह्य वस्तुको प्रवेशबाट हुन सक्ने सम्भावित खतराको लागि एयर इनटेक प्रणालीको जाँच गर्नुपर्छ ।

३.इन्टर कुलर तथा रेडियटरमा कतै लिकेज भएको छ कि रु जाँच गरौँ ।

४. गाडीको ब्याट्रीको अवस्था जाँच गरौँ र यदि चार्ज नभएमा चार्जिङ स्टेशनमा लगेर चार्ज गरौँ ।

५. पावर स्टेरिङ पम्प, कन्टेनर र हाइड्रोलिक आयलको लेभल तथा लिकेज जाँच गरौँ ।

६. कुलेन्टको लेभललाई चेक गर्नुपर्छ र यदि कम भएमा अधिकतम लेभलसम्म पुग्ने गरी थप गर्नुपर्छ ।

७.रबर पाइप तथा होजहरुको अवस्था चेक गर्नुपर्छ।

८. टायरको अवस्था चेक गर्नुपर्छ र सही टायर प्रेसरलाई कायम राख्न जरुरी छ ।

९. डीप स्टिकले इन्जिन आयलको लेभल चेक गरौँ र यदि कम भएमा थप गरौँ । इन्जिन आयलको लेभल चेक गर्दा गाडी समान सतहमा हुनुपर्छ ।

१०. गाडीको इन्जिन स्टार्ट गरी कुनै असामान्य आवाज छ कि चेक गरौँ । गाडी स्टार्ट गरेको केही समयसम्म आरपीएम बढाउनु हुँदैन तथा इन्जिन बन्द गर्ने बेलामा पनि आरपीएम बढाउनु हुँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार