काठमाडौँ । नेपालमा आज थप २५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २५५ जनामा कोरोनाको संक्रमण देखिएको बताए ।
योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १६ हजार ४२३ पुगेको छ । त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३५ रहेको छ ।
नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या सात हजार सात सय ५२ पुगेको छ । पछिल्लो २४ घन्टामा २५३ जना डिस्चार्ज भएका छन् ।