काठमाडौँ । नेपालमा आज थप १८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १८० जनामा कोरोनाको संक्रमण देखिएको बताउनुभएको छ । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १५ हजार ९६४ पुगेको छ ।
त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३५ पुगेको छ ।
नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ६ हजार ८११ पुगेको छ । पछिल्लो २४ घन्टामा २६४ जना डिस्चार्ज भएका छन् ।


250 पटक हेरिएको 






