थप ४ सय ७३ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो

हालसम्म ३१ जनाको मृत्यु

  सरलपाटी सम्वाददाता

 257 पटक हेरिएको

काठमाडौँ । नेपालमा थप ४ सय ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा १ सय ९ महिला र ३ सय ६४ पुरुष गरी ४ सय ७३ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले बताए ।

कूल संक्रमितहरुमध्ये १ हजार ८ सय ८३ जना महिला र १२ हजार ६ सय ३६ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।हालसम्म ३१ जनाको भने मृत्यु भईसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार