काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा पाँच सय २२ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बुधबार एक सय १७ महिला र तीन सय ६५ पुरुषमा कोरोना देखिएको छ । कुल सङ्क्रमितमध्ये महिला एक हजार सात सय ७४ र पुरुष १२ हजार दुई सय ७२ जना रहेका छन् ।
अहिले देशभरिका क्वरेण्टीनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् । यस्तै देशका विभिन्न अस्पतालका आइसोलेशनमा नौ हजार तीन सय ६० जना उपचाररत रहेका छन् । बुधबारसम्म चार हजार ६ सय ५६ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
त्यस्तै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या ३० छ ।