इलाममा थप दुई जनामा कोरोना पुष्टि

इलाम,इलाममा थप दुई जनामा आज कोरोना पुष्टि भएको छ । सूर्योदय नगरपालिकाको कृष्णाश्रम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका वडा नं १० की ४० बर्षिया र वडा नं १४ की २४ बर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो । असार ८ र ९ गते क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाव असार १२ गते संकलन गरेर परिक्षणमा पठाइएको थियो ।
कुवेतबाट नेपाल फर्किएका २ महिलामा कोरोनाको संक्रमण पोजेटिभ भेटिएसंगै इलाममा संक्रमितको संख्या १० पुगेको हो । दुवै जनालाई उपचारको लागि पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए । बुधबार २ जना भेटिएसंगै इलाममा १० जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार