राईबिरुद्ध १८ बर्ष कैद

१३ वर्षीया एक बालिकालाई जबरजस्तीकरणी गर्ने माई नगरपालिका–७ का ३६ वर्षीय तेजबहादुर राई विरूद्ध जिल्ला अदालतले १८ वर्ष कैद सजाय सुनाएको छ ।
न्यायाधिश हरिशचन्द्र इङ्गनामको इजलासले राई विरुद्ध १८ वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको अदालतका श्रेस्तेदार दिलकुमार बर्देवाले बताए । अदालतले राईलाई दुई हजार दुई सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिएको बर्देवाले जानकारी दिए । ०७६ पुस २ गते पीडित बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राईलाई पक्राउ गरेको थियो । यसैगरि १५ वर्षीया एक बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा माई नगरपालिका( ३ का २५ वर्षीय मनिकुमार राई विरूद्ध जिल्ला अदालतले दश वर्ष कैद फैसला गरेको छ ।
कैद सँगै ४० हजार रुपैयाँ क्षतिपूर्ति र १ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्म गर्ने गरि सजाय सुनाएको अदालतले जननाएको छ । ०७६ असोज २ गते ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राईलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार