जननेता मदन भण्डारीको जन्मोत्सबमा सञ्चालन भएको रक्तदान कार्यक्रममा १९ प्रिन्ट रगत संकलन गरिएको छ । मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्पोटिङ क्लवको संयुक्त आयोजनामा भएको कार्यक्रममा १९ जनाले रगत दान गरेको क्लवका अध्यक्ष मिलन खत्रीले जानकारी दिए ।
मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्पोटिङ क्लवको संयुक्त आयोजनामा भएको कार्यक्रममा १९ जनाले रगत दान गरेको क्लवका अध्यक्ष मिलन खत्रीले जानकारी दिए ।
संकलन गरिएको रगत इलामकै नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकमा राखिने जनाइएको छ । जननेता भण्डारीको जन्मोत्सबमा जिल्ला अन्य कार्यक्रम समेत सम्पन्न भए । यस अवसरमा विद्यालयमा वृक्षारोपण कार्यक्रमसँगै विभिन्न कार्यक्रम गरियो ।