रंगशाला निर्माणका लागि जग्गादान

इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ७ स्थित एकतप्पाको सिंहदेवी माध्यमिक विद्यालयमा रंगशाला निर्माणको लागि स्थानीय दिनानाथ पोख्रेलले पाँच लाख रुपैयाँ बराबरको जग्गा दान गरेका छन् । पोख्रेलले सोही रुकम बराबरको दुई रोपनी जग्गा दान गरेसँगै विद्यालयको नाममा दानपत्रमार्फत जग्गा पास समेत गरेका छन् ।

रंगशाला निर्माणका लागि ३४ रोपनी जग्गा आवश्यक पर्ने भएपछि पोख्रेलले दुई रोपनी जग्गा दान गरेका हुन् भने अन्य ९ रोपनी जग्गा विद्यालयलाई बिक्री समेत गरेका छन् ।

रंगशाला निर्माणका लागि ३४ रोपनी जग्गा आवश्यक पर्ने भएपछि पोख्रेलले दुई रोपनी जग्गा दान गरेका हुन् भने अन्य ९ रोपनी जग्गा विद्यालयलाई बिक्री समेत गरेका छन् । रंगशाला निर्माणका लागि बाँकी जग्गापनि किन्ने काम हुँदै रहेको सोही विद्यालयका प्रधानाध्यापक डिकबहादुर राईले जानकारी दिए । ७० लाख रुपैयाँको लागतमा रंगशाला निर्माण हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार