मदन भण्डारीको जन्मजयन्तीमा वृक्षरोपण

  सरलपाटी सम्वाददाता

 539 पटक हेरिएको


इलाम।अनेरास्ववियू इलामले स्वर्गीय मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा जिल्लाका दुई विद्यालयमा वृक्षरोपण गरेको छ ।
अनेरास्ववियूले इलाम सदरमुकामको आदर्श माध्यमिक विद्यालय र इलाम नगरपालिकाकै बरबोटेमा रहेको अमर माविमा वृक्षरोपण गरेको हो । वृक्षरोपण कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य रबिन्द्र सुवेदी, जिल्ला अध्यक्ष प्रवेश सुवेदी, अनेरास्ववियूका नेता दिनेश ढकाल,  इलाम नगरपालिका वडा न‌‍ ५ का अध्यक्ष ठाकूरनारायण श्रेषठलगायत विद्यार्थी नेता तथा शिक्षकहरुकाे सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार