इलाम, इलाममा एकै दिन ५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये ४ जना ओमन र १ जना भारतबाट नेपाल आएका हुन् । भारतबाट आएर सूर्योदय नगरपालिका–२ पशुपतिनगर क्वारेन्टाइनमा रहेका २७ बर्षिय पुरुष, ओमनबाट आएका सूर्योदय नगरपालिका–३ का ३० बर्षिय र २८ बर्षिय पुरुष, इलाम नगरपालिका–८ का ४८ बर्षिय पुरुष र साउदी अरबबाट आएका सूर्योदय नगरपालिका–७ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो ।
भारतबाट आएका बाहेक ४ जना कन्यामको कृष्णाश्रम क्वारेन्टाइनमा रहेका थिए । उनीहरुलाई उपचारको लागि मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा उपचारको लागि पठाइएको स्वास्थय कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिनुभयो । उनीहरुको ५ दिन अघि स्वाव संकलन गरेर परिक्षणका लागि पठाइएको थियो । आज थपिएका ५ जनासँगै इलाममा कोरोना संक्रमितको संख्या ७ जना पुगेका छन् ।


466 पटक हेरिएको 






