
मोरङ।मोरङको बिराटनगर महानगरपालिका-१८ अाइसीपी भवन अगाडिको खाली खेतमा पानी जमेको खाल्डोमा डुबेर स्थानीय जयपाल मण्डलको ७ बर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको छ ।
बिहिवार दिउँसो साँढे ४ बजे उक्त स्थानमा रहेको पानी जमेको खाल्डोमा बालक डुबिरहेको अवस्थामा छिमेकीहरुले देखेपछि तत्काल उद्धार गरी उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएको थियाे । अस्पताल पुर्याउनासाथ बालकको मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेकाे प्रहरीले जनाएकाे छ।


403 पटक हेरिएको 






