नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार नाघ्यो

मङ्गलबार ३२३ जना संक्रमित थपिए

  सरलपाटी सम्वाददाता

 147 पटक हेरिएको

काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । मङ्गलबार तीन सय २३ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या चार हजार ८५ पुगेको हो ।

आज विभिन्न जिल्लाका गरी दुई सय ९२ जना पुरुष र ३१ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित तीन हजार सात सय ९८ पुरुष र दुई सय ८७ महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ । चितवनको भरतपुर अस्पतालमा भरतपुर ११ का पुरुषको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार