काठमाण्डौ । आज एकै दिन एक सय १४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या आठ सय ८६ पुगेको छ ।
विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा १सय १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा १७ जना, हेतौन्दा को किटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना, पोखरा प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यसैगरी टेकुमा रहेको रास्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म जम्मा ४७ जिल्लामा सङ्क्रमण फैलिएको छ ।