काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ सय ८२ पुगेको छ । सोमबार दिउँसो थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, अछामका एक बर्दियाका तीन बाराका एक र पर्साका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै बाराका एक जना मृतकमा पनि आज नै कोरोना पुष्टि भएको छ ।
सोमबार बिहान ७२ र अहिले सात गरी आज एकैदिन ७९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।सङ्क्रमितमध्ये अहिलेसम्म एक सय १२ जना निको भएका छन् भने चार जनाको ज्यान गएको छ ।