थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

कोरोना संक्रमितको संख्या थपिदै

  सरलपाटी सम्वाददाता

 302 पटक हेरिएको

काठमाडौं । थप ७२ जना कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ३७ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ५ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा धनुषा नगराइन नगरपालिका– ३ का ३०,३१ र ४५ वर्षका ३ जना पुरुष रहेका छन् ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४,५ र ६ का क्रमश १९, २० र २३ वर्षका ३ जना पुरुष रहेका छन् ।

यस्तै काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ३, ६ र बुढानिलकण्ठ नगरपालिका–३ का क्रमश २७, ४१ र ३७ वर्षका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बाराको कलैया नगरपालिका कोटवाली–१ का २५ र ३२ वर्षका पुरुष मा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सहप्रवक्ता डा. अधिकारीका अनुसार रौतहटको राजपुर फरहदवा वडा नम्बर २,६,८ र इशनाथ–२ का क्रमश १८, १९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८,४८, ४८, ४९, ५०, ५१ र ५३ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार