भारतमा अलपत्र परेका ७६ नेपालीलाई इलाम नाकाबाट नेपाल ल्याइयो

८ जनामा (आरडीटी) रिपोर्ट पोजेटिभ

  सरलपाटी सम्वाददाता

 309 पटक हेरिएको

इलाम । पूर्वी सीमापारी भारतमा रोजगारीका लागि गएका ७६ नेपाली नागरिक एकैदिन इलामको पशुपतिनगर नाकाबाट इलाम प्रवेश गराइएको छ ।

लकडाउनका कारण समस्यामा परेकाले उनीहरुको नाकामा नै स्वास्थ्य जाँच गरी इलाम ल्याइएको हो । इलाम ल्याइएका नागरिकहरु इलाम बाहिरका रहेको इलाका प्रहरी कार्यलय पशुपतिनगरका इन्स्पेक्टर रमेश राईले जानकारी दिए ।

उनले भनेँ, ‘आएकाहरु दोलखा, तेह्रथुम, काठमाण्डौ लगायत स्थानका रहेका छन् ।’इलाम प्रवेश गरेकाको स्वास्थ्य जाँचका क्रममा आठ जनाको र्‍यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) गर्दा ८ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ ।

रिपोर्ट पोजिटिभ देखिएका आठ युवा र अन्य टेस्ट हुन बाँकी रहेका १० जना गरी १८ जनालाई भने इलामको सुर्योदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालयमा बनाइएको क्वरेन्टीनमा छुट्टाछुट्टै राखिएको पालिकाले जनाएको छ ।

पशुपनितगरका अनुसार, प्रवेश गरेको पहिलो दिन दोलखाका नागरिकको मात्र टेस्ट गरिएको हो । गरिएका मध्ये सामान्य स्वास्थ्य अवस्था भएका ५८ जनालाई यातायातको व्यवस्था गरी गृहजिल्ला दोलखा पठाइएको छ ।

रोजगारीका लागि भारत गएका उनीहरु मध्ये धेरै भारतको दार्जिलिङ्ग, मिरिक, सिक्किम लगायत स्थानका रहेको बताइएको छ । नेपाल आउन चाहनेहरु मध्ये एक सय २५ नेपाली नागरिक अझै सीमापारी नै रहेको इन्सपेक्टर राईले बताए ।

आउन चाहने दुई सय एक जना नेपाली नागरिकलाई तीन दिन भित्रमा नेपाल ल्याइसक्ने उनको भनाइ छ ।इलामको पशुपनिगर नाका खुल्ला नाका मानिन्छ । यसै कारण सबै क्षेत्र निगरानीमा रहन गाह्रो भएकाले लुकीछिपी नेपाल प्रवेश गर्ने जोखिम बढ्दो भएकाले उनीहरुलाई सुरक्षित साथ नेपाल प्रवेश गराइएको हो ।

सीमानाकाबाट नेपाल प्रवेश गरेका सबैलाई बनाइएका क्वारेन्टीनमा नै राखिनेछ । जिल्लाका १० स्थानिय तहमा ३८ वटा क्वरेन्टीन रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार