काठमाडौं । थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बि.पी.कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, बिराटनगरमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि हुनेहरुमा झापा, कचनकवल गाउँपालिका –३, ६, ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८ , ३०, ३२, ३७, ४६ बर्षीय पुरुषहरु, धनकुटा निवासी ३४ बर्षीय पुरुष, सुनसरी, धरान उप–महानगरपलिका निवासी ५१ बर्षीय महिला रहेका छन् ।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी बिज्ञप्ती अनुसार हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्य कर्मीको सम्पर्कमा रहको बताइएको छ ।