बाबुकाे हत्या गर्ने छाेरी पक्राउ (अपडेट)

  सरलपाटी सम्वाददाता

 1779 पटक हेरिएको

इलाम। देउमाई नगरपालिका वडा नं. ६ फुटुकमा छोरीले बाबुको हत्या गरेकी छिन् ।
सोमबार राती ११ बजे ५१ वर्षीय फूलबहादुर राईलाई उनका जेठी छोरी २५ वर्षीया सुष्मा राईले बन्चराे प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् । दिनभरी घरको काम गरेर सुतेका राई राती ११ बजे चिच्याएका थिए । श्रीमती हेर्न जाँँदा श्रीमानको मृत्यू भइसकेको श्रीमतिले स्थानीयलाई बताएकी थिइन् । विवाहपछि माइतमै बस्दै आएकी सुष्मा घटनापछि फरार रहेकोमा भरखरै प्रहरीले नजिकैकाे जंगलबाट पक्राउ गरेकाे छ । युवा डेबिड लिम्बूले बताए । प्रहरीले शव उठाउनका लागि मुचुल्का तयार गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार